सामान्य अंकले घट्यो नेप्से



काठमाडौं। विहिबार नेप्से सामान्य अंकले घटेको छ। आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए।


त्यस्तै आज मल्टीपर्पोज फाइनान्सको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयर मुल्य ८.०५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सबैको लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको शेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ।

आज ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ।

आज कारोबार रकमको हिसाबले सबै भन्दा बढी पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here