सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाएर छुटे



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाएर रिहा भएका छन् । वुटबलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीसँग जिल्ला अदालतले ४ लाख धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि उनी एक सातादेखि कारागारमै थिए ।

वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट रिहा भएका हुन् ।


पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ (नेकपा माआवादी केन्द्र) को विद्यार्थी संगठनका महासचिवसमेत हुन् ।

पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उच्च निगरानीमा राखेको छ । उनी गत साउनमा बरामद भएको ६० किलो सनु तस्करी प्रकरणमासमेत जोडिएका पात्र हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here