सरकारी जग्गा व्यक्तिको नाममा गर्ने खरिदार र अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । व्यक्तिको नाममा सरकारी जग्गा सारेको आरोपमा अख्तियारले विशेष अदालतमा १० जनाविरुद्ध आज मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापामगर र उनको नाति रामकृष्ण थापामगर, फुर गोल्जे शेर्पा, डिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वं मिङमा ल्हमू शेर्पा रहेका छन् ।


साविक जुभिङ गाविस–५ को सरकारी जग्गा नक्कली श्रेष्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले सरकारी जग्गा व्यक्ति नाममा गरी ६ लाख १८ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग ६ लाख १८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here