विद्यमान चुनौतीहरू पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ



पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शुक्रबार आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न लगनशील भई आर्थिक सुधारका मार्गहरू पछ्याउँदै गएको बताएका छन् । सङ्घीय मन्त्रिपरिषद्को बैठकमा उनले सबै सरकारी विभागको सामूहिक प्रयासबाट देशको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए ।

आर्थिक सूचक र तथ्याङ्कमा देखिएको सुधारलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि हेरेको र स्वीकार गरेको उनको भनाइ थियो । उनले कीर्तिमानी प्रविधि निर्यात, विदेशी विप्रेषणमा वृद्धि र मुलुकको समर्ग निर्यातले सकारात्मक आर्थिक मार्गप्रशस्त गरेको बताए । देशमा बिजुलीको बढ्दो मूल्यका बारेमा कुरा गर्दै सरिफले सरकारले व्यापक नीति लागु गरिरहेको र बिजुली चोरी कम गर्न तथा मूल्य घटाउन कदम चालेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here