जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । महोत्तरीको जलेशवर नगरपालिकाका मेयर उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।


जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, कर कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here