वडाद्वारा चार सय घरधुरीको घर बीमा



जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अविरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो ।

त्यस्तै प्रकृतिको प्राकृतिक प्रकोप आएमा सर्वसाधारणलाई राहत होस् भन्ने उद्देश्यले वडाका सबै घरधुरीको घर बीमा गरेको वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।


कर्णाली प्रदेश समानीकरण अनुदानको बजेटबाट वडाले दुई लाख ५० हजार रकम घर बीमाका लागि विनियोजन गरिएको थियो । “प्रतिघर तीन लाखका दरले शिखर बीमा कम्पनीसँग सम्झौता गरी घर बीमा गरिएको छ,” वडाध्यक्ष वडले भन्नुभयो, “अब बाढी–पहिरो, वर्षा र प्राकृतिक प्रकोपले घरमा क्षति गरेमा बीमा कम्पनीबाट सो बराबरको रकम सर्वसाधारणले पाउँछन् ।”

सोही वडाले विपन्न बालबालिकाको स्वास्थ्य बीमा गर्न ५० हजार बजेट विनियोजन गरेको छ । वडाभित्रका अति गरिब र विपन्न बालबालिकाको स्वास्थ्य बीमा वडाले गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here