कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता



काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले काठमाडौं ओर्लनेबित्तिकै भेटवार्तामा व्यस्त भएका छन् । अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता सकिएपछि उनी आफू बास बस्ने होटल सोल्टी पुग्नेछन् ।

अमिर थानीलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागतको लागि प्रधानमन्त्री, मन्त्रीहरु विमानस्थलमा पुगेका थिए । विमानस्थलको भिभिआईपी कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि अमिर थानीसँग भेटवार्ता गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here