मोरङमा सभा, सम्मेलन र प्रदर्शन गर्न रोक



विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न रोक लगाएको छ । बुधबार विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी राजनीतिक तथा सामाजिक भेला र सम्मेलन गर्न रोक लगाएको हो ।

प्रशासनले बिहीबार बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायतमा रोक लगाएको जनाएको छ । बुधबार दुई समुदायको झडप रोक्न प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा केही प्रहरी समेत घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here