महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर जलेर खरानी



महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको छ।

करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।


आगलागीमा सयौं घर जलिसकेको र हावा तीव्र गतिमा चलिरहेको छ । घाम पनि उत्तिकै छ । त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here