चौंरी हेर्ने गन्तव्य बन्दै हेलम्बु



चौतारा । हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ ।

चौँरीप्रति आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित हुने भएकाले गाउँपालिका चौंरी संरक्षणमा जुटेको हो । पछिल्ला समय चौंरी र याकको सङ्ख्या घटिरहेकाले त्यसलाई बढाउन गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ ।


ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्न लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङलगायतका स्थानमा चौंरी, याक हेर्न पाइन्छ ।

तर अहिले लोप हुन लागेकाले चौंरी संरक्षणमा पालिका लागिरहेको उनले बताए । हेलम्बुले यसअघि नै चौंरी संरक्षण अभियानअन्तर्गत बीमा गरेको छ ।

चौंरीपालन गरेमा स्थानीयको आर्थिक हैसियत बलियो हुने, गाउँवासीले रोजगारी पाउने मात्रै नभइ चौंरीकै कारण पर्यटक बढ्ने भएकाले अभियान ल्याइएको अध्यक्ष शेर्पाको भनाइ छ । 

याकको संख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने उहाँ बताउँछन् ।

हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । गुम्बाको गाउँ भनेर चिनिने हेलम्बुमा रेडपाण्डा, हिमाल, ग्रेटटेल हेर्न  पर्यटक आउने गर्दछन् । योसँगै अब हेलम्बु चौंरी हेर्ने गन्तव्यको सूचीमा पर्ने आशा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here