मधेस सरकारबाट बाहिरियो लोसपा



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ ।


लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक-एक र एक स्वतन्त्र सांसद छन् । मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here