भूकम्पले भत्काएका सबै सम्पदा पुनःनिर्माण गरेँः चिरीबाबु महर्जन



ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिएका छन्।

विश्वसम्पदा दिवसको अवसरमा आज उनले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताए। यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उनले दाबी गरे। विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको बताए।


विश्वसम्पदा दिवसकै सन्र्दभमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो। उक्त रंगीन धागो महानगर प्रमुख चिरीबाबु महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गरेका थिए।

मेयर महर्जनले उद्घाटन गरेपछि उपस्थित अरु सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए। ‘हाम्रा सम्पदा धागोले जस्तै एकबद्ध हुनुपर्छ भन्ने सन्देश दिन खाजेको हुँ’, मनिषले भने, ‘अबको पुस्तालाई एकता र बहुसांस्कृतिक भाव जगाउन आवश्यक छ।’ उनले यो प्रोजेक्ट सन् २०१७ मा नै तयार पारेका थिए। ‘प्रोजेक्ट १३३६’ शीर्षक पुनःप्रदर्शनी गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here