भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्क भन्दाबढी लिए कारबाही गर्ने महानगरको चेतावनी



काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । बिहीबार महानगरलेसूचना जारी गरी संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो ।

महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले विद्यार्थी भर्नालगायतका शुल्क नलिन आग्रह गरेको हो । महानगरले अनुगमनको क्रममा ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्कलगायतका अन्य शुल्क लिइएको पाइएमा कारबाही गरिने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here