बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय



गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडा पुगेका छन् ।

सन् २०१६ र २०२० को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको र रिपब्लिकन गभर्नर रोन डेसान्टिसको नेतृत्वमा रहेको दक्षिणपूर्वी राज्य करिब एक दशकदेखि डेमोक्र्याटको पहुँचभन्दा बाहिर रहेको छ । तर ट्रम्पको कार्यकालमा सर्वोच्च अदालतले गर्भपतन गर्न पाउने सङ्घीय अधिकारलाई खोसेपछि रिपब्लिकनहरूको विशेष प्रभाव भएका राज्यहरूमा पनि मतदाताहरू यस मुद्दामा एकजुट भएका छन् ।


यसैबीच नोभेम्बरमा ह्वाइट हाउसको पुनरागमनको लागि प्रचार गर्न अदालत छोड्न नपाउने भएपछि ट्रम्पले मङ्गलबार न्यूयोर्कमा आफ्नो गोप्य लेनदेनसम्बन्धी सुनुवाईमा भाग लिने भएका छन् । मे १ देखि लागू हुने सर्वोच्च अदालतबाट हालै फैसला भएको छ हप्तापछिको गर्भपतनमा प्रतिबन्धलाई कायम राखेको निर्णय फ्लोरिडाका मतदाताले कसरी लिनेछन् भन्ने बिषय दुवै पक्षका लागि उच्च जोखिमको बिषय देखिएको छ ।

गर्भपतनको अधिकार सुनिश्चित गर्नेे प्रतिबन्धसम्बन्धी नियम (कानून) पनि नोभेम्बरमा हुने चुनावपछि फुकुवा हुन सक्छ । सर्वोच्च अदालतले गर्भपतनको अधिकार नियमनलाई फिर्ता गरेदेखि २१ वटा राज्यहरूले गर्भपतनमा प्रतिबन्ध लगाएका छन् वा कडा प्रतिबन्ध लगाएका छन् । यद्यपि हरेक पटक यो मुद्दा प्रत्यक्ष रूपमा मतदाताहरूमा जाँदा गर्भपतनको पक्षधरहरूले जितेका गर्भपतन अधिकारका अभियानकर्ताहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति वाइडेनका चुनावी अभियानका प्रवक्ता जुली चाभेज रोड्रिगेजले फ्लोरिडामा जित हासिल गर्न सजिलो राज्य नभए पनि राष्ट्रपति बाइडेनका लागि यो जित योग्य राज्य भएको बताएका छन् । “हरेक दिन ट्रम्पका कारण अमेरिकी महिलाहरूले सामना गरिरहेको त्रास (गर्भपतन सम्बन्धी निर्णय)का लागि जिम्मेवार यस घटनालाई अमेरिकीहरूले कुनै न कुनै तरिकाले बिर्सनेछन् र यसपटक पनि आफुलाई जिताउनेछन् भन्नेमा ट्रम्प आशावादी रहेको देखिन्छ । आ

जीवन क्याथोलिक धर्मावलम्बी रहेका ८१ वर्षीय बाइडेनले लामो समयदेखि गर्भपतनका विषयमा ट्रम्पसँग लड्दै आएका छन् । धर्मसँग कमजोर सम्बन्ध भएका ट्रम्पले सन् २०२२ मा सर्वोच्च अदालतले ‘रो भर्सेज वेड’लाई उल्टाउने निर्णयमा आफ्नो भूमिकाबारे घमण्ड गर्दै आएका छन् । उक्त फैसलाले ट्रम्पले नियुक्त गरेका परम्परावादी न्यायाधीशहरूले गर्भपतनको संवैधानिक अधिकारलाई कायम राख्ने आधा शताब्दी लामो कानुनी नजिरलाई खारेज गरेको थियो ।

रिपब्लिकन–नियन्त्रित राज्यहरूमा महिलाहरूले प्रजनन हेरचाहमा पहुँच गर्न विविध समस्याहरूको सामना गर्नुपरेको छ । यसमा गैर–व्यवहार्य गर्भधारण र आईभीएफ उपचार पनि समावेश छ । अधिकांश अमेरिकीहरू कम्तिमा केही गर्भपतन सुरक्षाको पक्षमा रहेपनि सर्वोच्च अदालतको निर्णय धार्मिक अधिकारको लागि एउटा महत्त्वपूर्ण विजय थियो । त्यसपछि ट्रम्पले १५ हप्ताको प्रतिबन्धमा हस्ताक्षर गर्ने र यो निर्णय राज्यको भएको बताएका थिए ।

चाभेजले भने, डेमोक्र्याटहरूले यसलाई खरीद गर्दैनन् तथापि ट्रम्प र उहाँका सहयोगीहरूले प्रजनन अधिकारमा उनीहरूको आक्रमण रोक्ने कुनै सङ्केत देखाएका छैनन् ।

यसैबीच ट्रम्पका कन्जरभेटिभ उपराष्ट्रपति माइक पेन्सले न्युयोर्क टाइम्समा लेखेका छन्, “आफ्ना पूर्व मालिकले ‘जीवनपयोगी आन्दोलनलाई धोका दिनुभएको छ । कन्जरभेटिभ राज्यहरूमा गर्भपतन अधिकारको मत सफल भए तापनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ ।

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको प्राथमिकतामा रहेको न्यूनतम पारिश्रमिक बढाउने उपाय राष्ट्रपतिका लागि छनोटसँगै मतदानमा राखिएको थियो । ट्रम्पले जस्तै पारिश्रमिक बढाउने निर्णयले बहुसङ्ख्यक मतदाताको मन जितेको छ र यस मुद्दाले बाइडेनलाई सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here