दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा



बुटवल । सरकार गठन भएको एक सातामै लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाले सरकार छाडेको हो ।

जसपाको तर्फबाट कृषिमन्त्री बनेका भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका छन् । मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।


मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट थियो । अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here