विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । पदमा रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा उनीविद्धरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

सार्वजनिक पदमा रहँदा ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोप उनीमाथि अख्तियारले लगाएको छ । उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।


सो प्रकरणमा उनका दाजु सुनील पौडेल दोषी ठहर भईसकेका छन् ।