झलनाथको दाबी : सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन प्रचण्ड सहमत



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएको दाबी गरेका छन् ।

खनाल आज (मंगलबार) प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्तापछि प्रतिक्रिया दिँदै नेता खनालले पहिलो चरणमा नै सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री सहमत भएको बताएका हुन् ।


प्रधानमन्त्रीले पूर्व सहमति अनुसार आफूहरुलाई सुरुमै सुदूरको नेतृत्व दिन सहमति जनाएको उनको भनाइ छ । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुले यसअघि सुदूरको मुख्यमन्त्री नाउपालाई दिएपछि नेकपा (एस) रुष्ट बनेको थियो ।

सत्तारुढ गठबन्धन दलबाट रुष्ट बनेको नेकपा (एस) ले कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here