चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता



चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिर रहेको बताए । उनले भने, “सम्बन्धहरू सामान्यतया स्थिर भएका छन्, थप बिग्रनबाट जोगिएका छन्, तर नकारात्मक कारकहरू अझै बढ्दै छन् र जम्मा भइरहेका छन् ।”


चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताउँदै वाङले भने, “चीन–अमेरिका सम्बन्धलाई मानवताका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने विश्वव्यापी दृष्टिकोण, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हित र सहयोगका सिद्धान्तहरूको पालना गर्ने र एक अर्काको मुख्य हितहरूको लागि सम्मान प्रस्ताव चीनले गर्दछ ।”

गत वर्ष नोभेम्बरमा दुई देशका राष्ट्रपतिले सान फ्रान्सिस्कोमा भेट गरी चीन–अमेरिकाको स्थिर, स्वस्थ र दिगो विकासका लागि भविष्यउन्मुख सान फ्रान्सिस्को भिजनको संयुक्त चिनियाँ सत्तचारमाध्यमका अनुसार उक्त वार्तामा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here