गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ जनाको मृत्यु, धेरै घाइते



गाजासिटी (इजरायल) । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमण पछि धेरै मृत्यु (हताहतहरू) मानिसहरु भुइँमा लडिरहेको देखाइएको सिएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र मृत शरीरहरू ब्यवस्थापन गर्न लागि रेहेका देखिन्छन् ।


सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गरे ।

अल–अक्सा शहीद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा इमरजेन्सि कक्ष हताहत र घाइते व्यक्तिहरूलले भरिएकोे देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए ।अस्पतालकोे भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ ।

अर्का व्यक्तिले भने, “ कसैसँग कुनै सम्बन्ध छैन, उनीहरू नागरिक हुन् कृपा गर तिमीहरूले बच्चाहरूलाई मार्दैछौ, सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकाहरूलाई मार्दै हुनुहुन्छ । ”

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पिडा सहन नसकि कराउँदै दुखका साथ दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सिएनएनले रिपोर्ट गरेको छ ।

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको सिएनएनले जनाएको छ ।

प्रतिवेदनका अनुसार, द्धन्दका कारण गाजा पट्टीमा दश लाख भन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका खाना, पिउने पानी, तथा शौचालयको पहुँच नभएको कारण “विनाशकारी भोकमरी“ को सामना गरिरहेका छन् । जसले उनीहरुको जिवनलाई जीवनलाई थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ ।

गाँजामा पछिल्लो समयमा प्रत्येक दश मिनेटमा एक जना बच्चा घाइते हुन्छ वा मृत्यु हुन्छ । यसै विच इजरायली रक्षा बलले गाजामा नागरिकहरूको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here