गणतन्त्रवादीलाई रवीन्द्र मिश्रको प्रश्न: कतारका राजालाई योर मेजेस्टी भनेर कुन मुखले सम्बोधन गर्छौं?



काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि २ नेपाल भ्रमणमा आउँदैछन् । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

पहिलो पटक कतारका अमिर नेपाल आउने भएपछि उत्साहित बनेका गणतन्त्रवादीहरूलाई राजतन्त्र फर्काउन सक्रिय बनेर लागेका नेताहरुले कटाक्ष गरिरहेका छन्।


मंगलबार बिहानै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपतिरप्रधानमन्त्री तथा अन्य महान् नेताहरूले कतारका राजालाई योर मेजेस्टी (महाराज) भनेर कुन मुखले सम्बोधन गर्छौं भन्दै प्रश्न गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले संसारकै सबैभन्दा ‘पश्चगामी’ मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा ‘अग्रगामी’ देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन पूर्ण राजतन्त्र भएको र महान लोकतन्त्र बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला ? । नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला ? । यस्ता धेरै प्रश्नहरू छन्। कतारका राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष-अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन!’ ।

रवीन्द्र मिश्रले लेखेका छन् :

– सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला?

– संसारकै सबैभन्दा “पश्चगामी” मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा “अग्रगामी” देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला?

– संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन ‘पूर्ण राजतन्त्र’ भएको र ‘महान लोकतन्त्र’ बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला?

– नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला?

यस्ता धेरै प्रश्नहरू छन्।

कतार राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष/अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here