मधेश प्रदेश सभा लोसपा संसदीय दलका नेता शर्मा निलम्बित



काठमाडौं । मधेश प्रदेश सभामा लोसपका संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।


मधेश आन्दोलनको क्रममा भएको झडपमा विकको ज्यान गएको थियो । विक आन्दोलनमा घाइते भएका थिए । उनलाई उम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा शर्मासहितका कार्यकर्ताले हत्या गरेको आरोप छ । यस प्रकरणमा ुमद्दा चलाईएका २१ जनामध्ये सांसद शर्मासहित ७ जनाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो भने एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई सफाचइ दिएको थियो ।