कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ।

मन्त्रिपरिषद बैठकले गैरेलाई पदबाट हटाउने निर्णय गरेको शुक्रबार मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ।


बिदा स्वीकृत नगराई सहसचिव गैरे २०८० वैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित थिए।

भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here