कर्णालीमा मन्त्रिपरिषद् विस्तार, रणसिंह परियारले लिए मन्त्रीको शपथ



विरेन्द्रनगर । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार मुख्यमन्त्री यामलाल कँडेलले माओवादी कन्द्रबाट निर्वाचित सांसद रणसिंह परियारलाई मन्त्री नियुक्त गरेका छन् ।

उनले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । परियार हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) निर्वाचित सांसद हुन् ।


मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

यस प्रदेशमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here