कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : उपाध्यक्ष पाण्डे



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए । केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो ।


नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताए । कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उनले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पारे ।

उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here