आज रातिदेखि सातदोबाटो-बालकुमारी सडक बन्द हुने



काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ११ वैशाखसम्म रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आजदेखि ११ वैशाखसम्म रातको समय सडक बन्द गरिने भएको हो ।

आजदेखि राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम गरिने आयोजना कम्पनीले जनाएको छ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो ।


दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here