सुन तस्करी प्रकरणः नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो



काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नुवाकोट जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीबारे छानविन गर्न गठित समितिले थापालाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

समितिले कारबाहीका लागि सिफारिस गरेपछि उनलाई नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको हो । थापामाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ डिल गरेको आरोप छ ।