राष्ट्र शान्तिका लागि विशेष पूजा



काठमाडौँ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा शनिबार वेदपाठ,चण्डीपाठ र होमादि आयोजना गरेको छ ।

देशमा अशान्ति,झैझगडा,काटमार,सम्बन्ध विच्छेद,बलात्कार,आत्महत्या,हत्याहिंसा,बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो ।


परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ,नौ ब्राह्मणद्वारा चण्डीपाठ,११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिए ।