राष्ट्रिय सभाका २ समिति सभापति निर्विरोध निर्वाचित



काठमाडौं । राष्ट्रिय सभामा रहेका २ वटा समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् ।

आज भएको मनोनयनमा नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र नेपाली कांग्रेसकी कमला पन्तको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन् ।


राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उमेदवारी परेको छ । उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी रहेका छन् भने समर्थकमा इन्दिरादेवी गौतम र दुर्गा गुरुङ प्रस्तावक छन् ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उमेदवारी परेको छ । उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा शारदादेवी भट्ट रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

यसअघि शेर्पा सभापति रहने समितिमा एमालेकै पार्वती रावल थापा सभापति रहेकी थिईन् । भने पन्तले मनोनयन दर्ता गरेको समितिमा कांग्रेसकै प्रकाश पन्थ सभापति थिए । उनीहरु दुवैजना गत फागुन २० गते आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेर बिदा भईसकेका छन् ।