पार्टी छाडेकालाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले फरक पार्टीमा लागेका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष यादवले जसपा एक विशिष्ट सोच, एजेण्डा र सिद्धान्त बोकेको पार्टी भएको भन्दै मूलधारमै फर्किन आह्वान गरेका हुन् ।

केही दिनअघि अशोक राईको नेतृत्वमा जसपाका नेताहरुले अर्को पार्टी दर्ता गरिसकेका छन् । त्यसविरुद्ध अध्यक्ष यादव अदालत गएका छन् । सर्वोच्चले राई नेतृत्वको पार्टीकाबारेमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।