सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता



काठमाडौं । होली खेलेर फर्किने क्रममा उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता भएका छन् । आइतबार दिउँसो त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले जानकारी दिएका छन् ।

बेपत्ता हुनेमा त्रियुगा–१४ साउनेकी १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले उद्धार गरेको प्रहरीले जनाएको छ।