कर्णाली प्रदेश सभाको हिउँदे अधिवशेन आजदेखि सुरु



वीरेन्द्रनगर। बुधबारदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुने भएको छ । प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा सभामुख नन्दा गुरुङले प्रदेशसभा आह्वानसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र त्यसपछि दलीय धारणा राख्ने कार्यसूची तय गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।


यो प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको पहिलो बैठक हो । विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनका लागि कर्णाली प्रदेश सभामा विभिन्न तीनवटा विधेयकहरू विषयगत समितिमा छलफलमा छन् ।