कर्णाली पुलमा गुडिरहेको ट्रकमा लाग्यो आगो, आगो पुलमा सल्कियो



कर्णाली । कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट एउटा ट्रक जलेको छ। ट्रकमा लागेको आगो पुलमा पनि सल्किएको छ । पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो ।

एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ।


आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खेलेको छैन्। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् ।