गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको निश्कर्ष



काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा सभामुख कृष्ण प्रसाद धितालबाट मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक कार्य भएको निश्कर्ष निकालेको छ ।

आज (सोमबार) कांग्रेसले विज्ञप्ति जारी गर्दै सभामुखबाट संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत काम भएको धारणा सार्वजनिक गरेको हो ।


गण्डकीमा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

गण्डकीका सभामुख धितालको उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधान माथिकै ठाडो प्रहार रहेको कांग्रेसको निश्कर्ष छ । यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको र असंवैधानिक कार्यको घोर निन्दा र भत्र्सना गर्ने कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here