आयरल्याण्ड ए विरुद्ध खेल्ने ४० सदस्यीय नेपाल ए प्रारम्भिक टिमको घोषणा



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए विरुद्ध हुने सिरिजका लागि खेल्ने प्रारम्भिक नेपाल ए टिमको घोषणा गरेको छ । प्रारम्भिक टिममा ४० जनालाई छनौ गरिएको छ । क्यानले ४० जनाबाट अन्तिम टिम छनौट गर्ने छ ।

क्यानका अनुसार आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिमसँग २ वटा टी-२० खेल खेल्ने छ भने नेपाल ए सँग ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने भएको छ । क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी-२० खेल हुने छन् ।


त्यस्तै मार्च २८ , २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी-२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल हुने छन् ।

नेपाल ए प्रारम्भिक टिम: