विधिभन्दा बाहिर गएर पार्टी चलाउने छुट कसैलाई छैन्: प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेतृत्वले विधि र पद्धतिलाई भुल्दै जाने हो भने पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेस काठमाडौंको जिल्ला सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता पौडेलले विधि भन्दा बाहिरि गएर पार्टी चलाउने छुट नभएको बताए ।


उनले भने ‘जनताको गुनासो छ हामीले सुशासनको पक्षमा आक्रामक भएर प्रस्तुत हुन सकेनौँ। देशको प्रशासनिक संयन्त्रलाई हामीले भ्रष्टाचाररहित बनाउन सकेनौँ। आम नागरिकलाई सुशासनको प्रत्याभूति दिने कुरामा हाम्रो नेतृत्व रहेन, नेताहरूप्रति धेरै भरोसा छ उहाँहरूले विधिभन्दा माथि उठेर पार्टी चलाउनुभयो त्यसमा पनि हाम्रो गुनासो छैन। तर, अबको दिनमा विधिभन्दा बाहिर कोही पनि जान सक्दैन’।