भाषण सुन्ने मान्छे नभएपछि देउवाले भने – कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्छ



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गरेका छन् । सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थितिप्रति उनले व्यङग्य गरे ।

उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। एक जना बसेको हुन्छ। अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो। माइक मैले दिएको हो भन्ने बेला छ। एउटा कुरा सबैलाई चित्त दुखेछ सरोज बाँगेलाई टिकट दिएन भनेर क्या। यहाँ राष्ट्रिय सभामा। अब टिकट पायो भने जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पायो भने हराउनु भयो भने। हराउनु भयो भने नि? राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न। अब जिताउन लाग्नुस् न। जिताउन सकिँदैन भनेर राष्ट्रिय सभा भनेको जस्तो छ है विचार गर्नुस् । जिताएर छोड्नुस्।’