बारामा ३५ किलो चरेशसहित दुई जना पक्राउ



बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध करिब ३५ किलो चरेश सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको उक्त चरेश फेला पारी कार चालक साफिर र कारमा सवार मोहमदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७४ मिलिग्रामसहित सोही महानगरपालिका–४ बस्ने १९ वर्षीय सुजन उराउलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।