चीन-सिंगापुरका नागरिकले भिसामुक्त यात्रा गर्न पाउने



चीन र सिङ्गापुरबिच भएको ३० दिने भिसामुक्त यात्रालाई दुवै पक्षका नागरिकले स्वागत गरेका छन् । भिसामुक्त नीति गत शुक्रबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लागू भएको थियो । 

यस प्रयासले दुई देशबिचको सम्बन्ध बढाउने विश्वास लिइएको छ । उनीहरुले एक अर्का देशका नागरिकलाई आफ्नो देशमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।