एसीसी प्रिमियर कप : नेपालले पहिलो खेल मलेसियासँग खेल्ने



काठमाडौं । आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषदले आज (आइतबार) समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको हो ।

जसमा नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् । आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया समूह बी मा छन् । टी २० फर्म्याटमा हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ भने दोस्रो खेल १३ अप्रिलमा कतारसँग खेल्नेछ ।