सुन तोलामा रु आठ सयले घट्यो



काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ ।


त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here