पाकिस्तानको कप्तानबाट बाबर आजमाको राजीनामा



काठमाडौँ । बाबर आजमले पाकिस्तान क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । बुधबार बाबर आजमले पाकिस्तान क्रिकेट टिमको सबै फर्म्याटका कप्तानबाट राजीनामा दिएको जियो न्यूजले जनाएको छ ।

विश्वकपमा पाकिस्तान लिग चरणबाट बाहिरिएपछि बाबरको आलोचना भइरहेको थियो । उनको कप्तानीमा पाकिस्तानले एशिया कप र विश्वकपमा लागातार खराब प्रदर्शन गरेपछि उनले राजीनामा दिने अनुमान समेत गरिएको थियो । मिडिया रिपोर्टका अनुसार बाबरलाई पाकिस्तानी क्रिकेट बोर्डले टेस्ट खेलमा मात्र कप्तानी गर्न अफर गरेपछि उनले राजीनामा दिएको बताइएको छ ।


बाबरले एकसमा राजीनामाको जानकारी दिदै लेखेका छन्- ‘आज मैले पाकिस्तानी क्रिकेट टिमको सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको छु । यो कठिन निर्णय हो तर यो राजीनामा दिने सहि समय भएको महसुस गरेर निर्णय लिएको छु ।’
बाबरले पाकिस्तान क्रिकेटको सबै फर्म्याटमा खेलाडीको रुपमा रहने बताएका छन् र नयाँ कप्तानलाई आफुले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।