सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।


महासंघका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो ।

त्यसै गरी,  आज चाँदीको मूल्य भने घटेकाे छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here