कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेको राजीनामा



हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

सामजिक सञ्जाल फेसबुकमार्फत प्रमुख सचेतक काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेस गरेको तस्बिर सार्वजनिक गर्दै काफ्लेले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।


प्रमुख सचेतकको भूमिकाले पार्टी संगठनको काममा समय दिन नसकेको कारण आफूले पदबाट राजीनामा दिएको उनको भनाइ छ। केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन पदबाट राजीनामा दिएको जनाएका छन् ।