एमाले बागमती अधिवेशन: अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा, कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)



काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।


आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अब सम्भवतः१० बजेपछि मात्र मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए । यसअघि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो । तर, अध्यक्षका दावेदार कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले अडान नछोडेपछि आज चुनाव हुन लागेको हो ।