पेमेन्ट गेटवे प्रकरण : सुनील पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना



काठमाडौं। नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई विशेष अदालतले ९ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई ९ वर्ष कैद सजाय सुनाउँदै २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल्ने फैसला गरेको छ। वैशाख ७ गते दोषी ठहर भएका पौडेललाई आज अदालतले सजाय तथा जरिवाना तोकेको हो।


अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here