सिड्नीको एक भवनमा भीषण आगलागी



अस्ट्रेलियाको सिड्नी सहरमा एउटा भवनमा बिहीबार फिल्मी शैलीमा भीषण आगलागी भएको छ ।

‘आगो लागेको केही क्षणमै उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुईँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले’, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।


करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउन र नजिकैको आवासीय भवनहरुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्‍याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।