दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु



दाङ । दाङमा जीपको ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको तुलसिपुर उपमहानगरपालिकाकी सीता लम्साल रहेकी छन् ।


बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका ५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।