विदेशमा रहेका नेपालीलाई मताधिकार नदिएको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारी



काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगर्नुको कारण पेश गर्न सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।


सर्वोच्च अदालतबाट जारी परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अभियन्ता नन्दराज उपाध्यायले सर्वोच्चको अवहेलना सम्बन्धी मुद्दा दर्ता गराएका थिए । मंगलबार दर्ता भएको सो मुद्दामा बुधबार न्यायाधीश चुडालको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्चले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न कानुन निर्माण गरी व्यवस्था गर्नु भन्ने परमादेश दिएको थियो । तर, सर्वोच्च अदालतको परमादेशलाई सरकारले कार्यन्वयनमा लगेको छैन ।