बालुवाटार बैठकमा खाजाः भुटेको मकै र मोही



काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खाजा के थियो होला ? बैठकमा खाजा कुनै होटलबाट मगाइएको होला भन्ने तपाईंलाई लाग्न सक्छ ।

किनकी बालुवाटारमा बस्ने बैठकमा होटलहरुबाट मगाएर खाजा खुवाउने चलन छ । तर बुधबारको बैठकमा भने फरक थियो । खाजा थियो भुटेको मकै र मोही । पूर्वप्रधानमन्त्री डा. बाबुरामले भुटेको मकै र मोही खाएको तस्बिर सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘मकै र मोही खाँदा गाउँको बाल्यकालको याद आयो ।’