कोरोना संक्रमितको संख्या बढ्दो, थप ६९ जनामा संक्रमण पुष्टि



काठमाडौँ । नेपालका पछिल्ले समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४ सय ८८ पीसीआर र परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।